पु.समाचार

राउटेलार्इ दशै मनाउन रकमकाे चिन्ता, प्रधानमन्त्रीसंग खर्च माग्न काठमाडाैं अाए

काठमाडाैं । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू दशैंका लागि खर्च जुटाउन काठमाडौं आइ पुगेका छन्। जंगलमा सिकार पाउन छाडेको र दशैं मनाउन पैसा नभएपछि राउटे मुखियासहितको टोली काठमाडौं आएको हो। काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर दशैंका लागि खर्च जुटाएर आफ्नो घर फिर्ता हुने राउटेले योजना बनाएका छन् ।

राउटे समुदाय अचेल कर्णाली प्रदेशको सुर्खेत, लेकबेंसी नगरपालिका ९ गंगटेको जंगलमा बस्दै आएका छन्। यसअघि दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका उनीहरू जंगलमा काठ र सिकार पमउन छाडेपछि सुर्खेत झरेका हुन्।

यसपालिको दशैं नजिकिँदै जाँदा खर्चको जोहो नभएपछि उनीहरू प्रधानमन्त्रीलाई नै भेटेर दशैंखर्च माग्न हिँडेका हुन्। यसअगाडीका बर्षहरूमा पनि राउटेहरू काठमाडाैं अाएर प्रधानमन्त्रीसंग भेट्नुका साथै खर्च पनि मागेका थिए ।

राउटेहरूले दशै बिशेष राैनकताका साथ मनाउँने गर्दछन ।