शिक्षा

कक्षाकोठा खोज्दै ल क्याम्पस

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ ।

करीब ५०० क्षमता भएको उक्त क्याम्पसम अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ल क्याम्पसमा चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए । त्रिवि कानून सङ्कायका डीन डा ताराप्रसाद सापकोटाले क्षमताभन्दा बढी विद्यार्थी भर्ना भएपछि पढाउनका लागि कक्षाकोठा खोजिरहेको बताए ।