खेलकुद

चीनविरुद्ध पहिलो पटक भिड्दै नेपाल

काठमाडौँ । आईसीसी विश्व टी–२० एसिया पूर्वि क्षेत्रिय  छनोट अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपाल  चीनसंग प्रतिस्पर्धा गर्दैछ। पहिलो पटक चीन विरुद्ध प्रतिष्पर्धा गर्दा दुवैका लागि नयाँ अनुभ हुने छ। यद्यपि चीन प्रतियोगितबाट बाहिरिएकाले नेपाल खासै दबाबमा भने हुने छैन्।

अघिल्ला चार खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा पुगिसकेको नेपालले पाँचौ खेलमा चीनको सामना गर्न लागेको हो। नेपाल र चीनबीचको खेल केहि समय पछि सुरु हुँदै छ। क्वालालम्पुरस्थित वायुमस ओभलमा नौलो प्रतिद्वन्द्वी चीनविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य लगातार पाँचौ जित निकाल्नु हुनेछ। छनोटमा नेपाल ४  खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ।

चीन भने ४ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ। नेपालले दुई खेल अगाबै दोस्रो चरणको छनोटमा समेत स्थान पक्का गरिसकेको छ। नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। महिला क्रिकेटमा नेपाल र चीनबीच प्रतिस्पर्धा भईसकेको छ। तर, पुरुष क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। चीनपछि नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसँग खेल्नेछ।

छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्। एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन्।