राजनीति

कुनैपनि हालतमा बाँदरमुँढे घटनाका दोषीलाई उन्मुक्ती दिनुहुन्न: डा. कोइराला

माडी । नेपाली काँग्रेसका नेता एवं नेपालको शान्ती प्रक्रियामा महत्वपुर्ण भूमिका खेलेका डा शेखर कोईरालाले बाँदरमुँढे घट्नालाई राजनीतिक रंग दिएर यस घट्नाका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ती दिन नमिल्ने बताएका छन् । चितवनको माँडी स्थित बाँदरमुँढे पुगेका डा कोईरालाले भावबिह्लल हुँदै भने,”बाँदरमुँढे घट्नामा हाम्रो गल्ती भयो भनेर तत्कालिन माओबादीका अध्यक्ष प्रचण्डले पटक-पटक भनिसक्नुभएको अवस्थामा यो घट्नालाई मेलमिलापबाट टुंग्याउँने काम कदापी गरिनु हुन्न। यदी त्यसो गरिए हामी शसक्त प्रतिरोध गर्छौं।”

घट्नाका पीडितहरुसँग साक्षात्कार गर्दै डा कोईरालाले बाँदरमुढे घट्ना कलंकको टिका भएको बताउदै यस घट्नाका दोषीलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन्। “यो युद्ध अपराध हो । यो र यस्ता अन्य घट्नाका सवालमा कूनैपनी हालतमा कसैसँग सम्झौता हुन सक्दैन।” डा कोईरालाले भने । बाँदरमुँढे घट्नाका पीडितहरुले तत्कालिन माओबादी र माओबादीबाटै निर्वाचित माँडीका मेयर लगायतले स्तम्भ त्यहाँबाट हटाउँन लागेको भन्दै डा कोईरालाको ध्यानाकर्षण गराएका थिए। २०६२ जेठ -२३ गते तत्कालिन माओबादीले यात्रुबाहक बसलाई एम्बुस आक्रमण गर्दा ३८ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ७५ जना घाईते भएका थिए।