मनोरञ्जन

नेपाल नेक्स्ट सुपरस्टार–२०१८ को उपाधी धिरज र करिस्नालाई

काठमाडौं । यस वर्षको रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को उपाधि पुरुषतर्फ धिरज रसाईली र महिलातर्फ करिस्ना श्रेष्ठले जितेका छन् । थ्रिडी नेपाल र एमपी इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को प्रथम संस्करणमा १३ पुरुष र १२ महिला प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रतियोगितामा पुरुषतर्फ धिरज र महिलातर्फ करिस्नाले नेपाल नेक्स्ट सुपरस्टारको उपाधी जित्न सफल भएका हुन् ।

सोमबार साँझ काठमाडौंको न्यूरोड, बिशाल बजारस्थित सासा इभेन्ट भेन्यूमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ८, टप ५ र अन्तिम चरण गरि प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ स्टेजमा उत्रिएका थिए । प्रतियोगिता अन्तर्गत बेष्ट वाक बिधाको उपाधी धिरज रसाईली र विभूति तण्डुकार, बेष्ट पर्सनालिटि संक्षम संग्रैला र रोशिका दहाल, मोस्ट कन्फिडेन्ट पुष्पा नेपाली र दिवस लामिछाने, मोस्ट फोटोजेनिक असिम अली र विभूति तण्डुकार, बेस्ट स्माईल कल्पना बिष्ट र सौरभ शाह, मोस्ट ट्यालेन्ट दिपेश लामा र करिस्ना श्रेष्ठ, पब्लिक च्वाइस अवार्डमा गणेश खत्री र मनिषा लिम्बु, मोस्ट ह्यान्डसम बिबेक जोशी, मोस्ट क्रियटिभ लोमन रेग्मी र करुना शाह, मोस्ट ब्यूटिफुल पुजा एरी, मल्टिमिडिया च्वाईस दिपक बुढाथोकी र करिस्ना श्रेष्ठ, मोस्ट डिसिप्लेन अर्जुन विश्वकर्मा र गरिमा शर्माले विभिन्न विधाहरुमा अवार्डहरु हात पार्न सफल भएका छन् ।

सनिस शाक्यको कोरियोग्राफीमा कुल २५ जना प्रतियोगीहरुलाई १ महिनासम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन जवान रञ्जित र सुनिल गुभाजुले गरेका हुन् । कार्यक्रमको प्रमुख आतिथिमा सिनेकर्मी तथा चलचित्र निर्देशक अनिल पाण्डे र निर्णायकको भूमिकामा उत्तम बनेपाली, सुमित सिग्देल र शिवराज कार्की थिए । सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई अझै भब्य बनाउन एमपी इभेन्टसले ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने आयोजक मदन पौडेलले बताए । मिडिया पार्टनरमा अर्थ संसार डट रहेको थियो ।