पु.समाचार

बलात्कारीलाई संरक्षण गर्ने एसपी बिष्टलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने

काठमाडौँ । निर्मला पन्तको बलात्कार पछि गरिएको हत्यामा गरिएको चरम लापरवाही गरेका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टमाथि कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

कञ्चनपुर उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याबारे अनुसन्धान गर्न गठित उच्चस्तरिय छानविन समितिले तयार पारेको प्रतिवेदनका आधारमा एसपी बिष्टलाई कारवाहीको प्रक्रिया अघि बढाईएको हो ।

केही दिन अगाडी सार्वजनिक भएको छानविन प्रतिवेदनले एसपी बिष्टको चरम लापरवाही देखाएपछि उनीमाथि अनुसन्धान थालिएको हो । घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा एसपी बिष्ट र बम दिदीबहिनी मुख्य दोषी रहेको निष्कर्ष निकालिएको छ ।

भदौँ ९ गते गृहमन्त्री राम बहादुर थापा बादल निर्देशनपछि एसपी बिष्ट निलम्बनमा परेका थिए ।