राजनीति

सिटौला जो न आफू नेता बन्न सके, न देउवा र पौडेललाई नै नेता माने !

हेमराज जोशी/काठमाडौँ । पार्टीभित्र स्पष्ट बहुमतको दम्भले सभापती शेरबहादुर देउवा पक्षले कांग्रेस कब्जा गर्न खोजेको भन्दैँ पूर्व महामन्त्री समेत रहेका कृष्ण सिटौला पक्षले आगामी केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । सिटौला निकट स्रोतका अनुसार पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको विधानको बिषयलाई देखाउदैँ माओ पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।

नेता सिटौला पक्ष तेह्रौँ महाधिवेसनमा आफ्नै समूह बनाएर आन्तरिक निर्वाचन लडेपनि लगत्तै सभापती देउवा पक्षसँग नजिक रहेका थिए भने पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग निकट छन् । सिटौला पौडेल समूहसँग निकट रहेर सभापती देउवा पक्ष विरुद्धमा उत्रिएपनि पौडेल पक्ष बलियो बनाएर आफू घरको न घाटको हुने राजनीतिबाट बाहिरिन चाहन्छन् । गिरिजा प्रसाद कोईरालाबाट आफ्नो राजनीतिक अवस्थामा सुधार गरेर शुशील कोईराला सभापती हुदाँसम्म शक्तिशाली परिचय बनाएका नेता सिटौला पछिल्लो समयमा न पौँडेललाई नेता मान्न तयार छन् न देउवालाई नत उनी आफैँ नेता बन्न सके ।

सभापती देउवा पछिल्लो समय विधान संशोधन गरेर शक्तिशाली सभापती बनाउन आन्तरिक गृहकार्यमा लागिपरेका छन् । सभापती देउवाको उक्त अभियान बुझेका चतुर नेता पौडेल र सिटौलाले एकजुट भएर उक्त अभियान विफल बनाउने रणनीति अपनाएका छन् । पौडेल र सिटौला उक्त अभियानमा पार्टीको बलको आधारमा हेर्ने हो भने ज्यादैँ कमजोर देखिएका छन् भने सभापती देउवा नैतिकताका आधारमा कमजोर देखिएका छन् । सभापती देउवाले तत्कालिन पार्टी सभापती शुशील कोईराला हुदाँ आफूले नै सभापतीको अधिकार कटौती गर्नुपर्ने भन्दैँ असन्तुष्टी जाहेर गरेका थिए ।

नेविसंघको विधान टेष्ट मात्रै भएको र महासमिति बैठक लगायतमा पनि आफू वैधानिक शक्तिशाली बनी पौडेल सिटौला पक्षलाई ओझेलमा पार्ने संकेत देखिएकाले आगामी केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरी सभापती देउवालाई चुनौती दिन सुरुवात गर्ने रणनीतिस्वरुप नेता सिटौलाले आफ्नो समूहलाई बैठकमा सहभागी नगराउने निर्णयमा पुगेका हुन् । पौडेल समूहसँग सिटौला समूह नजिक भएपनि दुईटै समूह एक अर्काप्रति संशकित छन् । पार्टीमा बलियो स्थान भएको महामन्त्री शंशाक कोईराला पक्ष भने मौन रुपमा पर्ख र हेरको रणनीतिमा बसिरहेको छ ।