समाचार

जिप दुर्घटना अपडेटः २ को घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु, घाईतेमध्ये ७ को अवस्था गम्भीर

काठमाडौँ । बझाङमा जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ । २ को घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।  १२ जना घाईते भएका छन् । बागथला बाट विजगडाका लागी छुटेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङ्का अनुसार मृत्यु हुने सबैको सनाखत भईसकेको छ भने घाईतेहरुको उपचार भईरहेको छ । घाईतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई काठमाडौँ ल्याउने तयारी भईरहेको प्रहरीले जानकारी दियो ।

कञ्चरपुर बेदकोट नगरपालिका ५ बस्ने ६५ बर्षिया विष्ना देवि बोहरा, बेदकोट नगरपालिका ३५ वर्षीय प्रेम बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ बर्षिया धन बहादुर बोहराको घछनास्थलमै मृत्यु भएको छ ।

३० बर्षिया मुडु बोहरा, ३५ बर्षिया प्रेम बोहरा, १० बर्षिया कविता बोहरा, १२ बर्षिया माया बोहरा, ४३ बर्षिया लालमती बोहरा लगायत रहेका छन् ।