समाचार

ट्रयाक्टर पल्टिदा चालक र सहचालकको ज्यान गयो

काठमाडौँ । ट्रयाक्टर दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका २ मा ट«याक्टर पल्टिदाँ चालक र सहचालक गरी दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । लालमटियाबाट ढुंगा बोकेर बौनिया बजारतर्फ आउदैँ गरेको अवस्थामा ट्रयाक्टर पल्टेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा वर्दगोरिया गाउँपालिका १ का चालक ४० बर्षका डागु चौधरी र सोही ठाउँका सहचालक ३० बर्षका सुरज कठरिया रहेका छन् । दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको र सहचालक कठहरियाको उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।