पु.समाचार

रुख काटेको हेरिरहेका कलाकार संघका अध्यक्ष बोगटीलाई बिजुलीको पोलले थिच्दा निधन !

काठमाडौँ । चलचित्र कलाकार संघका अध्यक्ष रामेशर बोगटीको अकस्मात निधन भएको छ । आफ्नै घर नजिक टिकाथलीमा रुख काटेको हेर्ने क्रममा थिचिएर मृत्यु भएको पारीवारिक स्रोतले बताएको हो ।

उनी रुढ काटिरहेको ठाउँको छेउमा गाडी रोकेर हेर्न गाडीबाट बाहिर निस्कीएका थिए । केही बेरपछि रुख काटेर बिजुलीको पोलमा ढल्यो र सो पोलले रुखको तौल धान्न नसकेर ट्रान्सफर्मरसहितको पोल ढल्यो र ढलेको पोलले अध्यक्ष बोगटीको टाउको र शरिर थिच्यो ।

घाईते बनेका बोगटीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बोगटीको उपचारका लागि बि एण्ड सि हस्पिटल ल्याउने क्रममा निधन भएको जनाईएको छ ।