अन्तर्राष्ट्रिय

यसरी हुदैँछ आमनिर्वाचनको तयारी !

सुभा । फिजीमा अगामी नोभेम्बर १४ मा हुने आमनिर्वाचनका लागि ६ लाख ३७ हजार ५२७ नागरिकले मतदाता नामावली सूचीमा नाम दर्ता गरेका छन् ।
फिजीको निर्वाचनका पर्यवेक्षक मोहमद सनिमले सोमबार मतदाता नामावलीमा ३ लाख १६ हजार ४३१ महिला र ३ लाख २१ हजार ९६ जना पुरुषले मतदाताका रुपमा दर्ता गरेका बताएका छन् ।

त्यसैगरी विदेशमा रहेका ७ हजार ९७० फिजीका नागरिकले पनि आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका सरकारद्धारा सञ्चालित एक रेडियोलाई उद्धृतगर्दै सनिमले बताएका हुन् ।

सो निर्वाचनको लागि ७ लाख ६४ हजार ९०० मतपत्र छपाइएको पनि सनिमले थप जनाकारी दिनु भएको छ । मतदानका लागि ८५४ मतदान केन्द्र स्थापना गरिने बताइएको छ ।

फिजीमा पछिल्लो पटक सन् २०१४ को आमनिर्वाचन भएको थियो । आसन्न निर्वाचनको व्यापक तयारी भइरहेको फिजीको निर्वाचन आयोगले जनाएको छ ।