समाचार

यातनाका कारण दिलिप बिष्ट यस्तो नाजुक अवस्थामा, यातना दिने प्रहरीलाई कारवाही हुनुपर्छ !

काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा भनि सार्वजनिक गरी २५ दिन सम्म हिरासतमा राखिएका दिलिप सिंहको बिष्टको मानसिक अवस्था खस्किदैँ गएको छ । प्रहरीको दिएको यातनाबाट उनको मानसिक अवस्था अवस्था दिन प्रतिदिन खस्किदैँ गएको परिवारले बताएको हो ।

प्रहरीले दिएको शारीरिक र मानसिक यातना र तनावका कारण अवस्था झन् झन् बिग्रदैँ गएको पारीवारिक स्रोतको दाबी छ । उनको ९५ प्रतिशत भन्दा बढी मानसिक अवस्था बिग्रिसकेको उनका बुबाले बताए ।

“न खानाको टुङ्गो न सुत्नको टुङ्गो, परिवारले भन्यो, १२ बर्ष देखि मानसिक रुपमा अस्वस्थ रहेका दिलिपको अवस्था उपचारपछि केही सुधार आएको थियो तर पछिल्लो समय निर्मला पन्त बलात्कारको आरोप स्वीकार गराउन प्रहरीले दिएको यातनाका कारण उनको अवस्था नाजुक बनेको छ ।”

मुलुकी अपराध संहिता ऐनमा कानुन बमोजिम नियन्त्रण वा हिरासतमा राख्न अधिकार प्राप्त अधिकारीले कसैलाई शारिरीक, मानसिक रुपमा यातना दिन, दिन लगाउन वा अमानविय कार्य गर्नेलाई ५ वर्ष कैद र ५० हजार जरिवाना वा दुबै हुन सक्ने कानुनी प्रावधान रहेको छ ।