मनोरञ्जन

श्रीमान परदेशमा हुदाँ चर्चित मोडल सारिकालाई दशैँमा किन भयो पिडा (हेर्नुहोस भिडियोमा)

काठमाडौँ । बुर्तिवाङ म्युजिक प्रालीको प्रस्तुतिमा गायक जिवन संगीत विसीको शब्द , संगीत र स्वरमा दशैँ तिहार गीत “रातो टिका ” बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । गीतमा गायिका पुर्णकला विसी र गायक जिवन संगीत विसीको सुमधुर आवाज रहेको छ ।

गीतको शब्द संगीत र स्वरमा निक उत्कृष्ट भएकाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने मा गायक जिवन संगीत विसी विश्वस्त छन । बाध्यता र वस्ताको कारण घर देशबाट परदेश पुगेका नेपालीहरुको यथार्थता चित्रण गरिएको हुँदा आफु दशैँ जस्तो महान पर्वमा आफनो परिवार बाट टाडा हुदाँ पिडा हुने कुरा गायकले ब्यक्त गरेका छन । गीतमा विनोद बाजुरालीको एरेन्ज रहेको छ ।

भिडियोमा सारिका केसी र महेन्द्र गौत्तमको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीका सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

हेर्नुहोस भिडियोः–