राजनीति

राजपा शीर्ष नेताको दाबीः यो पाराले ओली सरकार दुई बर्ष पनि टिक्दैँन्

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दुई बर्ष भन्दा बढी नटिक्ने दाबी गरेका छन् । सोमबार साझँ संविधान संशोधन लगायत माग स्मरण गराउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतो लगायत नेताहरुले त्यहाँबाट फर्किने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओली सरकार दुई बर्ष भन्दा बढी नटिक्ने दाबी गरेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले आफूलाई काम गर्ने वातावरण नभएको गुनासो गरेको राजपा नेताहरुको भनाई छ । “प्रधानमन्त्री ओलीमा पहिलाको जस्तो उत्साह र उमंग हराएको, पहिलेको जस्तो दम्भ, घमण्ड पनि छैन्, राजपाका एक नेताले भने, ओलीजी अहिले निराशामा भन्दैँछन्, मलाई कसैले साथ दिएन, काम गर्न खोज्दा न्यायालयले छुटाउछ, अनि कसरी काम गर्ने ?”

“बलात्कार लगायत महिला हिंसा पछिल्लो समय ह्वात्तै बढेको भन्दैँ हामीहरुले प्रधानमन्त्रीजीको ध्यानाकर्ष गरायौँ, जवाफमा यसमा गृहप्रशासनबाट आफूलाई असहयो भएको बताए, ती नेतालृ अघि भने, हामीले रेशम चौधरीलाई प्रतिनिधीसभा सदस्यको सपथ गराउनुपनेर्, संविधान संशोधन गर्नुपर्ने, लगायत माग पूरा गर्न सरकारलाई छठसम्मको समयसिमा दिएको छौँ ।”

यदि सरकारले आफूहरुको समयसिमाभित्र माग पूरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी राजपाले दिएको छ ।