सामाजिक सञ्जाल

निजगढ: रुखमुनि बिहारी लुटेराहरु पसाउ, रुखमाथि पाल ओछ्याएर प्लेन बसाऊ !

काठमाडौँ । आयल निगमको दावी: दशैंमा तेल नपाएर लाइन लाग्नुपर्ने अवस्था आउँदैन !
किनकी दशैंमा अधिकाङ्स साधनहरु ग्यारेजमै थन्किन्छन् !

मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं: राजकिशोर यादव
तिमीलाई पनि रोक्न जाने फुर्सद कहाँ मिल्ला र, आखिर दशहरा त त्यहाँ पनि लागता है !

सरकार चिनीको चक्रव्यूहमा फस्यो: हृदयेश त्रिपाठी
सर्पले सर्पको खुट्टा देख्छ, पूर्वमंत्रीले वर्तमान देख्छ, कसो ?

बलत्कारबिरुद्ध थाल ठटाउँदै नर्सहरु सडकमा
अलि मिलेन सिस्टर, ब्लेड र मलम पट्टी देखाउनु पर्ने, ‘‘ छेदनपछि ड्रेसिंग गर्नुपर्छ !

नाम र राजधानी नटूंग्याई प्रदेशसभा १ को अधिवेशन अन्त्य हुँदै
दशैंमा दाम चाहिने हो, पेश्की पाईहाले होला, नामको लफडामा को परोस् !
ललितपुरका सडकमा अब ‘स्मार्ट’ बत्ती
चोर, लुटेरा, पाकेटमारपनि स्मार्ट बन्ने प्रयत्न गर्दै !

माधव नेपालको असहमति पत्र नेकपाको सचिवालयमा पेश, बुधबार छलफल हुने
चालकको अनुपस्थिति उडाइएको जहाज, सेफल्याण्डिङको खोजि !

प्रदेश १ का सांसदले लगाए लोगो
चमकता, लमक्कता, गमक्कतामा बढोत्तरी !

कांग्रेसले सरकारलाइ भन्यो ? निजगढ़मा रुख नकाट
रुखमुनि बिहारी लुटेराहरु पसाउ, रुखमाथि पाल ओछ्याएर प्लेन बसाऊ !

स्थानीय जनप्रतिनिधिलाइ नेकपाको निर्देशनः चुनाव सम्झिएर विकास गर्नुस्
जसरि पनि जित्नु पर्ने हठबाट हुर्किएको चुनावमुखी मानसिकता, फेरिपनि चुनाव !

-हास्यकलाकार मनोज गजुरेलको बेब ब्लगबाट