बाग्मती

बसबाट खस्दा बसका सहचालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ ।

बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भ¥याङबाट खस्दा अन्दाजी वर्ष २०/२२ वर्षका सहचालकको मृत्यु भएको हो । उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताए । सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ । कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।