विचित्र संसार

सबैभन्दा बढि जुम्ल्याहा जन्माउने गाउँ

काठमाडौँ । विश्वमा सबैभन्दा बढि जुम्ल्याहा रहेको गाउँ कुन होला ? सायद तपाइँलाई थाहा छैन होला । विश्वमा सबैभन्दा धेरै जुम्ल्याहा जन्मिने गाउँ नाइजेरियामा छ । नाइजेरियाको इग्बो ओरा गाउँमा औषत १ हजार जन्ममा १ सय ४५ जुम्ल्याहा जन्मिने गरेका छन् ।
विश्वमा बढि जुम्ल्याहा जन्माउने दोश्रो गाउँ भने हाम्रै छिमेकमा छ । भारतको केरलाको मलप्पुरम जिल्लामा रहेको कोडिन्ही गाउँ नै विश्वमा धेरै जुम्ल्याहा बच्चा जन्मिने दोश्रो गाउँ हो । जुम्ल्याहा गाउँका नामले समेत परिचित यो गाउँमा जन्मिने १ हजार बच्चा मध्ये ४५ जना जुम्ल्याहा पैदा हुने गरेका छन् ।

मुस्लिम बाहुल्य यो गाउँमा २ हजार जनसंख्या छ । जसमध्ये २ सय ५० भन्दा बढि जुम्ल्याहा छन् । यो गाउँमा स्कुल तथा आसपासको बजारमा समेत एउटै अनुहार भएका मानिसहरु छ्यापछ्यापी भेटिन्छन् ।
यो गाउँमा रहेका जुम्ल्याहा मध्ये सबैभन्दा पाका व्यक्ति अब्दुल हमीद र उनकी बहिनी कुन्ही कदिया हुन्, जसको उमेर ६५ वर्ष रहेको छ । यो गाउँमा रहेका जुम्ल्याहा मध्ये आधा भन्दा बढि त पछिल्लो १० वर्षमा जन्मिएका हुन् ।