पत्रपत्रिका

३२१ रोपनी जग्गामा अत्याधुनिक राष्ट्रपति कार्यालय बन्ने

काठमाडौं । राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ। हाल राष्ट्रिपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यलय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको खबर गोरखापत्र दैनिकमा खबर छ।

राष्ट्रिय पुनर्निर्मण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरु अहिलेको राष्ट्रपति कार्यालमा कमी देखिएकाले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यलय निर्माण हुन लागेको जानकारी दिए। राष्ट्रपति कार्यालयले नयाँ भवन निर्माणका लागि मन्त्रिपरिषदले समेत निर्णय गरिसकेको जनाएको छ।

मन्त्रिपरषदको निर्णयअनुसारको राष्ट्रपति कार्यालय निर्माण प्रक्रियामा यथशीघ्र सुरु गर्न राष्ट्रपति कार्यालयबाट निर्देशन समेत आइसकेको जानकारी दिए।मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपति कार्यालयको २०७ रोपनी र राष्ट्रिय प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गामा आवश्यक पर्ने सम्पूर्ण पूवाधार र संरचनासहितको कार्यालय निर्माण गरिने छ।