राजनीति

आगामी निर्वाचनमा कुनै हारतमा काँग्रेस ठूलो पार्टी बन्छ : शंकर भण्डारी

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनबाट नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गरेका छन् ।

काँग्रेस भानु नगरसमिति–१२ ले आज कवाजितमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले पार्टीभन्दा ठूलो कोही हुन सक्दैन भन्दै पार्टीलाई बलियो बनाउने गरी कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

विगतका कमजोरीलाई सुधार गर्दै आपसी छलफलबाट पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै भण्डारीले भने, “आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ ।”

नेपाली काँग्रेसकै पालामा देशका महत्वपूर्ण परिवर्तन भएको बताउदै अहिले कम्युनिष्ट सरकार धेरै बोलेर हिँडेकालृ जनता ओली सरकारसँग दिक्क हुंदै गएको बताए ।