प्रदेश 1

‘गरीबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण’

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गरीबी निवारणको आन्दोलनमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए।

आज इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाको २१औँ स्थापना दिवस समारोहलाई उद्घाटन गर्दै उनले घर गृहस्थीमा रमाउने महिला समुदायलाई सामाजिक आर्थिक एवं व्यापारिक क्षेत्रमा अग्रसर गराउनुपर्नेमा जोड दिए । उनले उक्त सहकारीका महिलाले नमूना काम गरेकोमा खुसी व्यक्त गरे । सो संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने शेयर सदस्य, व्यवस्थापक, ऋणी र सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
सुनसरी जिल्लामा नै आर्थिक कारोवारका दृष्टिकोणले अग्रणी स्थानमा रहन सफल भएको उक्त संस्थामा हाल पाँच हजार ६०० महिला शेयर सदस्य रहेका र हालसम्म ४० करोडभन्दा बढीको आार्थिक कारोवार गरेको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो ।