समाचार

९ जना ड्रग्स कारोवारीलाई हतकडी

काठमाडौँ । ९ जना लागूऔषध कारोवारी पक्राउ परेका छन् । विभिन्न जिल्लाका लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले ९ जनालाई समातेको हो ।

उनीहरुको साथबाट डाईजेपाम २००, फेनारगन २०० र बुप्रिनर्फिन २०० एम्पूलगरी जम्मा ६०० एम्पुल र नाईट्राजेपाम (नाईट्राभेट) १५००ट्याब्लेट लागूऔषध बरामद गरिएको छ । उनीहरुलाई पक्राउ गरि सम्बन्धित जिल्लाबाट अनुसन्धान थालिएको छ ।