कृषि

असिनाले धानबालीमा क्षति

पर्वत । कुस्मा र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरीसँगै परेको वर्षा र असिनाका कारण पाक्ने बेला भएको धानबाली र तरकारीखेतीमा क्षति पुगेको छ ।

आइतबार असिना पानीले कुस्मा नगरपालिकाको ठूलीपोखरी, पिपलटारी, कटुवाचौपारी, आर्थर, पकुवा र खौला, फलेवास नगरपालिकाको कार्कीनेटा र थापाठाना तथा मोदी गाउँपालिकाको राम्जाका केही भागमा धानबालीमा क्षति पु¥याएको कृषकले बताएका छन् । असिनाले पाक्ने बेलाको धान झार्नुका साथै हावाले धानबाली ढलाएको ठूलीपोखरीका रमेश शर्माले बताए ।

यहाँका धेरै ठाउँमा व्यावसायिकरुपमा लगाइएको काउली, बन्दागोभी, सिमी, बोडी, फर्सी, काक्रो, घिरौलालगायतमा पनि क्षति पुगेको छ । राम्जादेउरालीमा धानखेतीमा असिनापानी र हावाहुरीले क्षति पु¥याएको स्थानीयवासी रामप्रसाद शर्माले बताए । उत्पादनमा कमी आउने भन्दै कृषक चिन्तित बनेका छन् । असिनाले नगदेबाली र अन्नबाली नष्ट गरेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले क्षतिको विवरण सङ्कलन भइरहेको बताए । उनका अनुसार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा असिनापानीले क्षति पु¥याएको छ । प्रभावित क्षेत्रका कृषि जेटिएलाई विस्तृत विवरण सङ्कलनका लागि पठाइएको छ ।