अन्तर्राष्ट्रिय

लिबियाको मन्त्रिमण्डलमा हेरफेर

त्रिपोली । संयुक्त राष्ट्रसङ्घको समर्थन रहेका लिबियाका प्रधानमन्त्री फायेज सेराजले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गरे । मन्त्रिमण्डलमा तीन जना नयाँ मन्त्री थप गरिएका छन् । मन्त्रिपरिषदमा गृह, उद्योग र अर्थ मन्त्रालयमा नयाँ मन्त्रीहरु नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देशमा राजनीतिक स्थायित्व कायम गर्ने उद्देश्य लिएर प्रधानमन्त्री सेराजको नेतृत्वमा लिबियामा सन् २०१५ को अन्त्यतिर संयुक्त राष्ट्रसङ्घसँगको सम्झौता बमोजिम सो सरकार गठन भएको हो । उक्त सम्झौतामा लिबियाका सबै प्रमुख राजनीतिक दलहरुले हस्ताक्षर गरेका थिए ।