प्रदेश 1

आगलागीबाट रु छ लाखको क्षति

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४० मन धान, चार मन चामल, चार मन तोरीसहितका खाद्यान्न जलेर नष्ट भएको घरधनी राईले बताए । स्थानीयवासीले आगो नियन्त्रणमा लिइसकेपछि दमक र इटहरीको दमकल आइपुगेको थियो । आगलागीबाट एउटा बाच्छी मरेको तथा एउटा गाई र एउटा खसी घाइते भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट (बाँस्तोला), वडाध्यक्ष यामप्रसाद गुरागाईंसहितका जनप्रतिनिधिले आज बिहानै आगलागीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिएका थिए ।