राजनीति

रविन्द्र मिश्रको दाबीः सबै पार्टीको औँचित्य स्वाहा भईसक्यो, अब विवेकशील साँझा पार्टी चम्किन्छ

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पुराना पार्टीको विकल्प खोज्न विलम्ब भईसकेको बताएका छन् । रिपोर्टस् क्लब बुटवलले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैँ संयोजक मिश्रले विवेकशील साझा पार्टी नै अबको नयाँ राजनीतिक शक्ति भएको टिप्पणी गरेका हुन् ।

मिश्रले वर्तमान केपी ओली नेतृत्वको सरकारको कडा शब्दमा आलोचना गरेका छन् । उनले वर्तमान सरकारसँग कुरा र कल्पना गर्ने क्षमता भएको तर विकास र समृद्धिका क्षमता नै नभएको उनले दाबी गरेका छन् । ‘वर्तमान कम्युनिष्ट भनिने सरकारसँग समाजवादको कुनै नारा नै छैन्, उनले भने, सत्तारुढ दलले कम्युनिष्ट शब्दको दुरुपयोग गरेको छ, काठमाडौँमा महल र डेढ करोडको चिल्लो गाडी चढेर समाजवाद आउछ, उनले प्रश्न गरे ।’

‘पुराना दलका दिन गए, पुराना दललाई नेतृत्व गरेका नेताहरुको औचित्य नै समाप्त भईसकेको छ, पुराना पार्टी सबै हिसाबले औचित्यहिन बनिसकेका छन्, संयोजक मिश्रले भने, अब वैकल्पिक शक्तिको रुपमा विवेकशील साझा पार्टी अगाडी आउछ ।’

संगठन सुदृढिकरण अभियान जारी रहेको र ३ महिने देशव्यापी संगठन सुदृढिकरण अभियानबाट विवेकशील साझा पार्टी बलियो बनेको संयोजक मिश्रको दाबी थियो ।