राजनीति

नेपाल पक्षलाई मनाउन नेकपाको बैठक बालुवाटारमा

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवामा मिलाउन बैठक चलिरहेको छ । पार्टीभित्र पछिल्लो समय बढेको असन्तुष्टीलाई सम्बोधन गर्न प्रधानमन्त्रीको सरकारी निवासमा बैठक चलिरहेको हो । शीर्ष नेताहरुबीच विवाद बढेसँगै त्यसको समाधानका लागि पार्टीको सचिवालय बैठक हिजो नै बोलाईए तापनि पार्टी अध्यक्षद्वयको व्यस्तताका कारण आजलाई सारिएको थियो ।

केही समय अगाडी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली अमेरिका र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंगापुर गएका बेला वरिष्ठ नेता माधव कुमार नेपालले सार्वजनिक रुपमै सरकारको आचोचना गर्दै असन्तुष्टि जनाएका थिए ।

सो असन्तुष्टि शीर्ष भन्दा तल्लो दोस्रो र तेस्रो तहका नेताहरुबीच पनि बढ्न थालेपछि त्यसको निराकरण्का लागि भन्दैँ सचिवालय बैठक बोलाईएको हो । पार्टीको केन्द्र देखि स्थानिय तहसम्मको एकता प्रक्रिया मिलाउन दुई अध्यक्षले मनपरी गरेको आरोप नेपाल पक्षले लगाउदैँ आएको छ ।