समाचार

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।

पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन ३७ पेजको छ । गृहप्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै अाइतबार साँझ गृहको वेवसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरिएको जानकारी दिए । यसअघि समितिको प्रतिवेदन गृहमै गुपचुप बनाइएको भन्दै गृहमन्त्रालयको अालोचना भएको थियो ।

प्रतिवेदनले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

यसअघि साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । स्थानीय प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्किएको थियो ।

त्यसपछि प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका थिए ।

अहिलेसम्म विभिन्न समितिले अनुसन्धान जारी राखेको बताइरहे पनि घटनाको दोषी पत्ता लाग्न सकेको छैन ।

 

हेर्नुस् प्रतिवेदनको पूर्णपाठ : 

[googleapps domain=”drive” dir=”file/d/1qIu2IrRgfROeyGJCZd8d_fgNe8wDCYCo/preview” query=”” width=”640″ height=”480″ /]