सामाजिक सञ्जाल

पुर्खाले आर्जेको देश बचाउनु हाम्रो कर्तब्य हो, देशद्रोही राउत पक्राउ पर्नु प्रशंसनीय: अध्यक्ष पौडेल

काठमाण्डौ । नेकपाको भातृसंस्था युवा संघका अध्यक्ष रमेश पौडेलले देशद्रोही सीके राउतपक्राउ परेको घटनालाई स्वायत गरेका छन् । अध्यक्ष पौडेलले आज रौतहटबाट पक्राउ परेका देशद्रोही राउतलाई पक्राउ गर्दा देशको एकमुठ्ठी माटा्पनि हाम्रो लागि छाड्ने कार्य स्वीकार्य हुन नसक्ने भन्दै उक्र कार्यको खुलेर प्रशंसा गरेका छन् । उनले भनेका छन्,

‘सिके राउत जस्ता देशद्रोही, राष्ट्रघाति ब्यक्तिलाई सरकारले गिरफ्तार गर्नु नेपाल सरकारको स्वागतयोग्य काम हो। हामी आफ्नो शिर तोड्न तयार छौ तर देशको एक मुठ्ठी माटो पनि छोड्ने कुरा हाम्रालागि स्वीकार्नु मृत्यु सरह हो । हाम्रा पुर्खाले आर्जेको देशको रक्षा हाम्रो कर्तव्य हो । अब यो देश द्रोहीको नाटक धेरै दिन चल्न दिनु हुन्न । देशलाई टुक्र्याउन खोज्ने देशद्रोही ब्यक्तिलाई बिशेष कानुन बनाएर सर्बस्व सहित मृत्यु दण्डको ब्यबस्था गर्नु पर्छ । फेरि अब नछुटोस केही गरि पनि यो देश द्रोही । यो आम तराईवासी जनताको पनि माग हो । अनि हामी आम युवाको पनि ।’