मनोरञ्जन

७ औं म्युजिक खबर म्युजिक अवार्ड विराटनगरमा सम्पन्नः शिब र प्राश्ना सर्वोत्कृष्ट गायक–गायिका

विराटनगर । ७ औं म्युजिक खबर म्युजिक अवाडको सातौं संस्करण विराटनगरमा सम्पन्न भएको छ । राजधानीमा केन्दीत रहेर अवार्ड गर्दै आएको म्युजिक खबर म्युजिक अवार्ड शुक्रबार प्रदेश नम्बर १ को अस्थाई राजधानी विराटनगरस्थित विरेन्द्र सभागृहमा सम्पन्न भएको हो ।

अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् । त्यस्तै, सर्वोत्कृष्ट गायिका सुगम संगीत बन्न सफल भईन् गागिका प्राश्ना शाक्य । उनले ‘कैदी बनाउ’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।

म्युजिक खवरको आयोजा र‘हामी युवा’को सह–आयोजनामा विराटनगरस्थित सम्पन्न भएको अवार्ड कार्यक्रममा बरिष्ठ गायक तथा संगीकार सम्भूजित बासकोटालाई ‘विराट संगीतरत्न’द्वारा अभिनन्दन गरिएको थियो ।

त्यस्तै, पत्रकार गीता अधिकारीलाई ‘संगीत पत्रकारीता सम्मन’ प्रदान गरियो भने माण्डवी त्रिपाठीलाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान, प्रेम सापकोटा सोनुलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान, मल्लिका काकी म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान, याङ्शु श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान र म्यूजिक खबर प्रदेश नं १ विशेष सम्मान गरिएको थियो ।

निकै शालीन र सभ्य हुनुका साथै भब्य पनि भएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको निकै बाक्लो उपस्थिती रहेको थियो । जसम गायक तथा सम्भूजित बासकोटा, प्रमोद खरेल, शिब परियार, राजेश पाल राई, शंकर थापा, डेभिट शंकर, कमल श्रेष्ठ, गायिका माण्डपी त्रिपाठी, शुुशला पाठक, निर्देशक तथा कलाकार दिपा श्री निरउला, नायिका तथा गायिका शारीका घिमीरे, नायिका सोबिता सिम्खडा, बिपशा बिसी, नायक गजित बिष्टलगायतको उपस्थिती तथा प्रस्तती रहेको थियो ।

‘हामी युवा’को सहआयोजनामा सम्पन्न भएको कार्यक्रमलाइ संचारकमी निराजन भण्डारी र संचारकर्मी तथा गायिका मन्जु पौडेलले संचालन गरेका थिए ।