राजनीति

जेलको चार दिवारबाट जन्मेको नेविसंघ अन्य संगठनसँग तुलना हुनैँ सक्दैँनः नेता केसी

मकवानपुर । नेपाल बिधार्थी संघ वन बिज्ञान संकाय हेटौडाले आयोजना गरेको दसैँ तिहारको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन वन संकाय हेटौडा पुगेका नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापती तथा संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले जेलमा जन्मेको नेबिसंघ र मण्डलेले जन्माएको अखिल बिचको तुलना हुनै नसक्ने धारणा ब्यक्त गरेका छन ।

पञ्चायतकालिन अबस्थामा गाउफर्क अभियानका पञ्चे खडग बहादुरले अहीलेको एमालेको बिधार्थी संगठनको स्थापना सडकबाट गरीदिएको भन्दै नेपाल बिधाथी संघका नेताहरुलाई पञ्चेहरुले जेलमा राखेका बेला परीबर्तन र प्रजातन्त्रका लागी स्थापना भएको स्मरण गरे ।

नेबिसंघको झण्डा सडकमा हासीहासी नबनेको यो झण्डा जेलभित्र निर्माण भएको गर्बिलो इतिहास छ भन्दै नेता केसीले नेपाल बिद्यार्थी संघको अन्य कुनै बिधार्थी संगठनको तुलाना गर्न नमिल्ने तर्क गरे ।

अन्य दलले बिद्यार्थीलाइ जबरजस्ती आयतीत र असफल बिचार घोकाउदै मान्छेलाइ रोबर्ट बनाउने कला सिकाइरहेको आरोप लगाउदै नेपाली कांग्रेस सिर्जनशिलता र बिचारलाइ आदर्श मान्ने पार्टी भएकाले नेबिसंघका प्रत्येक सदस्यहरुको पहिलो काम पढाइ भएको सो काम सफलता पुर्बक सम्पन्न गर्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेस पार्टी प्रबक्ता प्रदिप कोइरालाले संगठनको क्रियाशीलता र गतिबिधीलाइ नजिकबाट नियालेको भन्दै संगठन निर्माणमा पार्टीले योगदान कदर गर्ने बताए ।

कार्यक्रममा नेबिसंघ प्रभावशाली केन्द्रीय सदस्य सुशील भट्टले अब राजनैतिक आन्दोलन समाप्ति भईसक्यो आर्थिक क्रान्तिको समयमा सरकार निरंकुशता तर्फ उन्मुख भएको भन्दै हिजो नारायणहिटीका राजालाई नागार्जुन पुर्याएको नेविसंघ सरकारको निरंकुशता बाट डराउदैन, भट्टले नेपाल विद्यार्थी संघको अधिवेशनको बिकल्प अधिवेशननै हो आम विद्यार्थी माथि अन्याय हुने कार्यमा नेविसंघ नेतृत्व लाग्नु हुन्न, यथाशीघ्र अधिवेशन गरेर आमविद्यार्थीको पक्षमा निर्णय गर्न पार्टी नेतृत्वलाई कार्यक्रममा भट्टले आग्रह गरे।

कार्यक्रममा नेविसंघका प्रभावशाली नेता निरञ्जन थापा, मकवानपुर नेविसंघका अध्यक्ष खतिवडा, प्राविधिक विद्यार्थी परिषद् फोट्सका अध्यक्ष सुबास घिमिरे लगायतले मन्तब्य राखेका थिए ।

आफ्ना सदस्यहरुलाइ शुभकामना आदानप्रदान तथा नियमीत भेटघाट कार्यक्रम अन्तर्गत कार्यक्रमको आयोजना गरीएको कार्यक्रमका सभापती तथा इकाइ अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।