पु.समाचार

मधेश नेपाल होईन भन्ने विखण्डनकारी सिके रावतलाई हतकडी

काठमाडौँ । विखण्डनकारी सिके रावत समातिएका छन् । मधेश नेपाल होईन भनि अभिव्यक्ती दिने रावत पक्राउ परेका हुन् । स्वतन्त्र मधेशको वकालत गर्दै हिड्ने विखण्डनकारी भनिने रावतलाई जिल्ला प्रहरी कार्यालय अगाडाीबाट अदालतबाट फर्किदैँ गर्दा समातिएका हुन् ।

करिब १ सय समर्थकसहित अदालतमा उपस्थित भएका रावत नियमित पेशीमा जिल्ला अदालतबाट फर्किदैँ गर्दा प्रहरी फन्दामा परेका हुन् । उनी यस अगाडी पनि पक्राउ परिसकेका छन् ।