राजनीति

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन तरुण दलले ७७ वटै जिल्लालाई गर्यो परिपत्र

काठमाडौँ । नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको छ । आईतबार महासचिव भुपेन्द्रजंग शाहीद्वारा हस्ताक्षरित एक परिपत्र जारी गर्दै प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउन भनेको हो ।

साथै कार्तीक १० गते नेपाल दरुण दलको स्थापना दिवस विभिन्न रचतनात्मक कार्यक्रम गरी मनाउन परिपत्रमा भनिएको छ । आईतबार बिहान तरुण दलले चाडपर्वको मुखैमा गरेको मूल्यबृद्धि र महंगी फिर्ता गर्न माग लगायत ९ बुँदामा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमार्फत महासचिवको शाहीको उपस्थितीमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थिए ।