शिक्षा

९ बर्षिया दुई बालिका बलात्कार गर्ने नैतिक शिक्षा पढाउने शिक्षक पहरी प्रहरी फन्दामा

काठमाडौं । पछिल्लो समय बलात्कारका घटना छ्यापछ्याप्ती घटिरहेका बेला काभ्रेमा बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । काभ्रेमा सामाजिक र नैतिक बिषय अध्यापन गराउने शिक्षकले कक्षा पाँचमा अध्ययन गर्ने ९ बर्षिया बालिकाहरुलाई बलात्कार गरेको आरोपमा आईतबार पक्राउ परेका हुन् ।

बालिका बलात्कार गरेको आरोप शिक्षक शंकर पहरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । स्थानिय पिडितका अभिभावकले दिएको उजुरीका आधारमा आरोपी पहरीलाई पक्राउ गरी अनुसन्धान थालिएको बतार्ईएको छ । बालिकालाई करणी र दुर्व्यवहार गर्ने शिक्षक पहरीलाई अदालतबाट ७ दिनको म्याद थपिएको छ ।

चक्लेट दिन्छु भनि फकाई फुल्काई कक्षा ४ देखि नै बालिकाहरुको संवेदनशील अंग चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।