साहित्य

दुई कृति सार्वजनिक

नुवाकोट । जिल्लाका दुई स्रष्टाको कृति आज यहाँ विमोचन गरिएको छ । बेलकोटगढी नपा–७ महादेवफाँटमा आयोजित कार्यक्रममा रामकृष्ण गजुरेललेका मुक्तक सङ्ग्रह ‘कर्कलाको पानी’ र भगवती खनालको गजल सङ्गह ‘माटो बोल्छ’ विमोचन गरिएको हो ।
ती कृतिको नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामाले विमोचन गरे । ती कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।

कार्यक्रममा सहमहामन्त्री डा. महतले साहित्य समाजको ऐना भएकाले समाजको परिघटना, परिवर्तन र समाजको मनोदशालाई उतार्नुपर्ने बताए । सांसद तामाङले साहित्यले वर्तमानको मात्र नभइ भविष्यको समेत दृष्टि दिन सक्नुपर्ने बताए ।

‘कर्कलाको पानी’ मुक्तक सङ्ग्रहमा २६० मुक्तक सङ्ग्रहित छन् । उनका यसअघि ‘हो रहेछ’ कविता सङ्ग्रह, ‘नेपाल आमाले दिएको कलम’ खण्डकाव्य, ‘यथार्थको खोज’ कविता सङ्ग्रह, ‘भूकम्पको पीडा’ खण्डकाव्य र ‘स्वादमग्न झुपडी’ सिजो सङ्ग्रह प्रकाशित भएको छ । ‘माटो बोल्छ’ गजल सङ्ग्रहमा १०१ गजल सङ्ग्रहित छन् । उनले २०६४ सालमा ‘छुट्याइएका गुच्छा’ गीतिसङ्ग्रह प्रकाशित गरेका थिए ।