आर्थिक

माछापुच्छ्रे बैंकद्वारा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो अठारांै वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपद् व्यवस्थापनको लागि चाहिने उद्धार सामग्रीहरु प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द« खनालले विपद्को बेला उद्घारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पु¥याउने चर्चा गर्दै नेपाल प्रहरीलाई उक्त सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गरे ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसीले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्घार कार्यको प्रशंसा गर्दै ७ वटै प्रदेशमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुने विश्वास व्यक्त गरे ।

जनताको सेवामा समर्पित नेपाल प्रहरीसँग हातेमालो गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग आदान प्रदान गर्ने उनले बताए ।

बैंकले नेपाल प्रहरीलाई ५५ लाख७६ हजार रुपैयाँ बराबरको विपद् उद्घार सामग्रीहरु दिएको हो । हस्तान्तरण गरिएका सामाग्रीहरुमा भत्केका संरचनामा उद्घारतथा खोजीमा प्रयोग हुने उपकरणहरु, अग्नी नियन्त्रणका सामाग्रीहरु, रोप तथा वाटर रेस्क्यूका सामाग्रीहरु तथा ¥याफ्ट बोट र उक्त बोटलाई चाहिने आवश्यक उपकरणहरु लगायत छन् ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।