मनोरञ्जन

पिडा भुलेर राजकुमारको रमाईलो गीत (भिडियोसहित)

काठमाडौं । कालिकोटका राजकुमार जैसी काठमाण्डौंमा संघर्षरत छन् । इन्जिनियरिङ विषय पढ्दै गरेका उनी गीत पनि गाउँछन् । वास्तविक जीवनमा पिडाको पहाड बोकेर हिँडीरहेका उनको गीत भने रमाईलो खालको छ ।

नृत्य गर्नेहरुलाईलाई लक्षित गर्दै बनाईएको गीतमा केही पश्चिमेली शब्दहरु पनि मिसाईएको छ । पिडा र वेदनाका गीत भन्दा पनि डान्सीङ नम्बर चल्छ कि भनेर यस्तो गीत गाएर आफ्नो चाहना पुरा गरेको हुँ, राजकुमार भन्छन् ।

गीतमा राजकुमार जैसी र टिका सानुको स्वर छ भने भिडियोमा चक्र बम र सुजना भट्ट देखिएका छन् । सुनिल बिसीको शब्द तथा संगीत रहेको गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

पहिरोले राजकुमारको पसलसँगै बुवालाई पनि बगाएको थियो । उनी काठमाण्डौंमै छँदा बुवा बेपत्ता भएको खबर मिडियामा सुनें । छरछिमेकी र आफन्तबाट ऋण गरेर सुरु गरेको पसलसँगै बुवा पनि बेपत्ता भएपछि उनी विक्षिप्त बने । पढाई छाडेर उनी घर गए । घरको अवस्था पनि नाजुक नै थियो । फेरी ऋणपान गरेर घर बलियो बनाए र आमालाई घरमा छाडेर फेरी आफ्ना सपना पुरा गर्न काठमाण्डौं भित्रिए । पढाईसँगै गायनमा पनि आफुलाई अघि बढाए ।

https://youtu.be/ogLWM3C2INM