आर्थिक

आइएमई र भेनस अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमइ र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालवीच गत बिहीबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत विशेष छुट पाउनेछन् ।

यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशत छुटप्राप्त गर्न सक्नेछन् ।

सेवाग्राहीको हकमा यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।

सम्झौतापत्रमा आइएमईका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठ र भेनस अस्पतालको तर्फबाट अध्यक्ष श्रीराम ढकालले हस्ताक्षर गरेका छन् । यो सम्झौता सम्झौतापत्रमा हस्ताक्षर भएको मितिले २ वर्षसम्मका लागि लागू हुनेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।