खेलकुद

निष्ट लिटिल फ्लावर प्रिमियर लिगको तयारी सुरु

काठमाडौं । निष्ट लिटल फ्लावर प्रमियर लिगको तेश्रो संस्करण कार्तिक २७ गतेदेखि धनगढीमा सञ्चालन हुने निष्ट लिटिल फ्लावर प्रिमियर लिगको तयारी सुरु भएको छ ।

पहिलो र दोस्रो संस्करणपछि निष्ट लिटिल फ्लावर प्रिमियर लिग–२०७५ को तयारी थालिएको शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । संघीय प्रहरी कार्यालय प्रदेश नम्वर ७ को खेल मैदामा हुने प्रतियोगितामा देशभरका १६ वटा विद्यालयले भाग लिने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । त्यसमा सम्बन्धित विद्यालयका विद्यार्थी खेलाडी बाहेक ५ जना बाहिरबाट १९ वर्षमुनीका खेलाडी पनि राख्न पाइने आयोजकले जानकारी दिएको छ ।

विद्यार्थीहरुलाई उमेर समूहका खेलाडीसँग खेलाएर उनीहरुको प्रतिभालाई अझ तिखार्न मद्दत मिलोस् भन्नका लागि त्यस्तो गरिएको अध्यक्ष शाहीले बताए । प्रतियोगिताको विजेताले एक लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने जनाइएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने उनले जानकारी दिए ।

तेस्रो संस्करणको पुरस्कार राशी अघिल्ला दुई संस्करणभन्दा दोब्बर बढी बढाईएको हो । गत बर्ष भएको दोस्रो संस्करणको विजेतालाई नगद ५० हजार ट्रफी सहित प्रमाणपत्र, उपविजेतालाई २५ हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो । पहिलो संस्करणमा विजेतालाई नगद २५ हजार र उपविजेतालाई १५ हजार दिईएको थियो ।

हरेक वर्ष धनगढी वाहिर ख्यातिप्राप्त विद्यालयको सहभागी र पुरस्कार राशी वढाउँदै लगेका आयोजक सस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए ।
घर वलियो वनाउनका लागि जग वलियो हुनुपर्छ भनेझैं नेपाली क्रिकेटको भविष्य वलियो वनाउनका लागि उनीहरुलाई कलिलो उमेरदेखि नै क्रिकेटमा परिपक्क बनाउने र सक्षम खेलाडी उत्पादन गर्ने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरेको उनले बताए । मुख्य प्रायोजक निष्ट कलेज लैनचौर काठमाडौँ रहेकोमा दोश्रो पुरस्कार गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ ।

नेपाली क्रिकेटको भविष्य बलियो बनाउनका लागि खेलाडीहरुलाई कलिलो उमेरदेखि नै क्रिकेटमा परिपक्क बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको उनले बताए । मुख्य प्रायोजक निष्ट कलेज लैनचौर काठमाडौँ रहेकोमा दोश्रो पुरस्कार गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ । निष्ट कलेजले देशभरीका विभिन्न क्षेत्रमा फरक–फकर खेलकुदमा लगानी गर्दै आएको छ ।

यस्तै सम्भु पुष्तक भण्डार, मयूर ईङलीस बोर्डीङ हाईस्कुल, सुलभ बुक्स एण्ड स्टेशनरी धनगढी, ईमेज बुक्स एण्ड स्टेशनरी र मृग गारमेन्ट्स चटकपुर कैलालीले पनि प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्नेछन् ।