समाचार

निर्मला हत्याकाण्डः आईजिपी खनाल आक्रोशित, भन्छन् प्रमाण नष्ट गर्नेलाई छोड्दिन

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठन भित्रका धमिराको क्लीन स्वीपमा लागेको बताएका छन् । केही प्रहरी भित्र रहेको किराहरुका कारण सिंगो प्रहरी नै बदनाम भएको भन्दैँ महानिरीक्षक खनालले यस्तो बताएका हुन् ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्नुको साटो प्रमाण नष्ट गर्न उद्धत रहेको भन्दैँ प्रहरी संगठन भित्र रहेका ती किरालाई फाल्ने अभियानमा आफू लागि परेको उनले बताए । कञ्चनपुर लगायत अन्य केही ठाउँमा भएको प्रहरीको चरम लापरवाही र मनपरीले सिंगो संगठनलाई लाञ्छना लागेको भन्दैँ महानिरीक्षक खनाल आक्रामक बनेका छन् ।

प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै आईजीपी खनालले यो अभियानमा सबैको साथ र सहयोगका लागि अपेक्षा गरेका छन् । प्रहरी जनताको. साथी भन्ने भावनाको स्लोगन बोकेर अगाडी बढेको भन्दैँ जनभावना विरुद्ध काम गर्ने कुनै पनि पदाधिकारी किराहरुलाई फाल्ने अब विलम्ब नगर्ने आईजिपी खनालको दाबी रहेको छ ।