खेलकुद

धनगढीमा राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै, विजेताले १ लाख, उपविजेताले ५५ हजार पाउने

काठमाडौँ । सुदूपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निष्ट कलेज लिट्ल फ्लावार ३ विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । संस्कार क्रिकेट एकेडेमिको आयोजना तथा निष्ट कलेज लैनचोर काठमाडौँको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

सुदूपश्चिम प्रदेश प्रदेशको अस्थायी राजधानी धनगढी क्रिकेटको शहरकोरुपमा चिनिदै आएको छ । अक्सनमा आधारीत नेपालकै पहिलो धनगढी प्रिमियर लिग वर्षेनि हुदैआएको छ । नेपाली क्रिकेटको भविष्य वलियो बनाउनका लागि विद्यालय उमेरदेखि नै वालवालिकालाई क्रिकेटमा परिपक्क बनाउदै सक्षम खेलाडी उत्पादन गर्नेको लागि यस प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ ।

पहिला र दोस्रो प्रतियो गिता सम्पन्न गरिसकेको आयोजकले जानकारी दिएको छ । तेस्रो संस्करण कात्तिक २७ देखि मंसिर ४ गतेसम्म धनगढीको डिपिएल आयोजना हुदै आएको संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा हुने निष्ट फाउन्डेसन अध्यक्ष एवम संस्थापक प्राचार्य डा.माधवप्रसाद वरालले जानकारी दिए ।
लिग नकआउट टी–२० विद्यालय स्तरीय राष्ट्रिय त्रिकेट पतियोगितामा,लिटल फ्लावर वोर्डिङ धनगढी,सिद्धार्थ शिसु सदन स्कुल भनगढी,शारदा मावि भनगढी, सरस्वती मावि गेटा, क्यास्पियन एकेडेमि धनगढी, एविसि वोर्डिङ स्कुल नेपालगंञ्ज, कैलाली मोडेल सेकेण्डरी स्कुल धनगढी, विज्डम एकेडेमि वेलौरी कञ्चनपुर, लिटल बुद्ध एकेडेमि महेन्द्रनगर कञ्चनपुर, हिमालय ह्वाईट हाउस वल्ड स्कुल काठमाडौँ, निष्ट स्कुल भक्तपुर र मोक्षदा स्कुल काठमाडौ लगाएले प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष वरारले बताए ।

प्रतियोगितामा विजेता टिमले १ लाख ११ हजार १ सय ११, उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपया पाउने आयोजकले जानकारी दिएको छ । यस्तै उत्कृष्ट खेलाडिले १० हजार, उत्कृष्ट व्याटसम्यानले ५ हजार, उत्कृष्ट वलरले ५ हजार, उदयमान खेलाडीले ५ हजार पाउने भएका छन् ।
यसैगरी, म्यान अफ द म्याच १ हजार(लिग चरण), म्यान अफ द म्याच १ हजार ५ सय(नकआउट चरण) र म्याअफद म्याच २ हजार(फाईनल)ले पाउने संस्कार क्रिकेट एकेडेमिका प्रिन्सिपल रामचन्द्र शाहिले जानकारी दिए ।

उनले साथमा ट्रफि,मेडल र प्रमाणपत्र पनि दिईने बताए । साथै यो तेस्रो संस्करणका लागि अघिल्ला २ संस्करण भन्दा दोब्वर बढी पुस्कार राशि बढाइएको पनि बताए । दोस्रो संस्करणमा विजेतालाई नगद ५० हजार र उपविजेतालाई २५ हजार पुस्कार प्रदान गरिएको पनि उनले जानकारी दिए ।