समाचार

नेकपा सचिवालय बैठक आज बस्दै, पछिल्लो राजनितिक घटनाक्रमबारे छलफल

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । ।
पछिल्लो समय नेकपाको प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्र र बाहिरबाट असन्तुष्टि चर्किरहेका बेला नेकपा सचिवालय बैठक आज बस्न लागेको हो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि बिषेशगरी नेपाल समूहले यसमा चर्को सरकारको आलोचना र पार्टी भित्र असन्तुष्टि जायर गर्दै आइरहेका छन् ।

उनले छलफलविपरीत प्रदेश कमिटीको जिम्मेवारी तोकिएको भन्दै नोट अफ डिसेन्ट नै दर्ज गराएका छन् । आइतबार अपराह्न ४ बजे बस्ने नेकपाको बैठक यही विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको काम–कारबाहीलाई लिएरसमेत नेकपामा पछिल्लो समय पार्टी भित्रै कडा आलोचना र असन्तुष्टि चुलिएको छ । शीर्ष नेताहरुले नै यसबारे सार्वजनिक रुपमै असन्तोष व्यक्त गरिरहेका छन् ।

नेताहरुका अनुसार आज बस्ने सचिवालय बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।