राजनीति

तरुण दल देखियो दशैँको मुखमा ओली सरकारले गरेको मूल्यबृद्धी बिरुद्ध आक्रमक

काठमाण्डौ । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलले मुल्यबृद्धि, बजारमा देखियको चर्को महँगिको नियन्त्रण, बजारको नियमित अबलोकन र नियमन, यातायातको साधनको थप ब्यबस्था, सुपथ मुल्य पसलको ब्यबस्थापन लगायतका माग राख्दै काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउने भएको छ ।
तरुण दलका महासचिब भूपेन्द्रजंग शाहीले एक बिशप्ती जारी गर्दै तरुण दलको प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्र कार्यक्रममा उपस्थित हुन काठमाण्डौमा उपलब्ध तरुणहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्,

“उपस्थितिका लागि आग्रह
विषयः ज्ञापन पत्र बुझाउने
समयः आज ठिक ११ बजे
स्थानः जिल्ला प्रसासन कार्यलय बबरमहल, काठमाडौं

नेपाल तरुण दलले आज असोज २१ गते आइतबार ११ बजे जिल्ला प्रसासन कार्यलय काठमाडौं मार्फत प्रधानमन्त्रीलाई दशैको मुखमा आयर पेट्रोलियम पदर्थमा गरिएको मुल्यबृद्धि, बजारमा देखियको चर्को महँगिको नियन्त्रण, बजारको नियमित अबलोकन र नियमन, यातायातको साधनको थप ब्यबस्था, सुपथ मुल्य पसलको ब्यबस्थापन लगायतका माग राख्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकोले आज असोज २१ गते आइतबार ठिक ११ बजे जिल्ला प्रसासन कार्यलय बबरमहल अगाडि सम्पुर्ण तरुण दलका साथीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। जयनेपाल
भुपेन्द्र जङ्ग शाही
महासचिव
नेपाल तरुण दल
केन्द्रिय समिती”