प्रवास

जापानमा कृसु क्षेत्रीको नवीनतम् हाइकु संग्रह ‘नीलो आँसु’ को लोकार्पण

काठमाडौं । जापानमा हालै सम्पन्न भएको हाइकु महोत्सवमा नेपालका चचिर्त साहित्यकार तथा कूटनीतिक व्यक्ति कृसु क्षेत्रीको नवीनतम् हाइकु संग्रह नीलो आँसुको लोकार्पण भएको छ ।

कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ, मुगेन सातोमोरा, चिल्कुबोन, साकी इन्यु तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजुका अतिरिक्त डा। रामकुमार पाँडे तथा प्रकास पौडेल माइलाको उपस्थिति थियो ।

हाइकू महोत्सबमा विभिन्न श्रष्टाका एक अंग्रेजी सहित नौ वटा हाइकूका पुस्तक बिमोचन गरिएको थियो ।सोही समारोहमा प्रा। रामकुमार पाँडेको हन्टिंग हाइगा, प्रकाश पौडेल माइलाको रातो साकुरा (हाइकुसंग्रह) लगायतका कृतिहरूको पनि लोकार्पण गरिएको थियो ।

नेपाल हाइकू केन्द्र र अन्तर्राष्ट्रिय साहित्य समाज र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन प्रकाश पौडेल माइलाले गरेका हुन् । साहित्यकार कृसु क्षेत्रीको हालै साझा प्रकाशनबाट प्रकाशित चराको गीत नेपाली साहित्यका पाठकहरूमा अत्यन्त लोकप्रिय रहेको थियो ।