राजनीति

बलात्कारी/हत्यारालाई समात्नुको साटो प्रमाण मेट्टाउने ओली सरकार नालायक प्रमाणितः देउवा

काठमाण्डौ । नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले एउटा बलात्कारी र हत्यारालाई समेत समात्न नसकेको भन्दै ओली सरकार नालायक भएको आरोप काँग्रेस सभापति शेरबहादुर देउवाले लगाएका छन् । बलात्कार र हत्या भएको तीन महिना हुंदासम्म बरु बलात्कारीको प्रमाण मेट्टाउने काम सरकारले गर्यो तर अपराधी प्रक्रा उगर्न सकेन देउवाको आरोप छ ।
नेपाली काँग्रेसको भातृसंस्था नेबिसंघ काठमाण्डौ डडेलधुरा सम्पर्क समितिको आयोजनामा काठमाण्डौमा भएके कार्यक्रममा सभापति देउवा प्रधानमन्त्री ओलीसंग आक्रा्शीत हुंदै सरकार नालायक र निकम्मा भएको बताएका हुन् । गत प्रतिनिधि सभा निर्बाचनमा डडेलधुराबाट नै अत्याधिक मतले विजय भएका देउवाले सरकानर बिरुद्ध आक्रमक रुपमा प्रश्तुत भएको यो पहिलो घटना हो ।
सम्पर्कसमितिको दशैंतिहास शुभकामना कार्यक्रममा बोल्दै सभापति देउवाले धनगढीबाट राजधानी सारेर कम्युनिष्ट सरकारले बितण्डा मच्चाईरहेको आरोप लगाउदै जंगल मास्ने त कतै अवैज्ञानिक ढंगले अनावश्यक रुपमा राजधानी सार्ने जस्ता हावा कुराका पछि सरकार लागेको सभापति देउवाको कथन छ ।
सभापति देउवाले बलात्कानरी र हत्याराको बिषयमा अधिकाँस समय खर्च गर्दै प्रमाण नष्ट गर्ने प्रहरीलाई कारबाही गर्न समेत ओली सरकार चुकेको आरोप लगाएका थिए ।