आर्थिक

कोकाकोला बन्यो “को बन्छ करोडपति” को मुख्य प्रायोजक

काठमाडौँ । अन्तर राष्ट्रिय लोकप्रियता हासिल गरेको टि भी कार्यक्रम ’ हु वान्ट्स टु बी ए मिलिओनैरे’ को नेपाली संस्करण अब नेपालीमा पनि आउदै छ । उक्त कार्यक्रमको नाम ’ को बन्छ करोडपति’ राखिएको छ ।

सो कार्यक्रम एपी वान टेलिभिजन मार्फत प्रसारण हुनेछ । सो कार्यक्रमका उध्घोसक नेपालका प्रसिद्ध महानायक राजेश हमाल रहनेछन् भने यस कार्यक्रमलाइ कोकाकोलाले प्रायोजन गर्नेछ । सो कार्येक्रमका प्रतीयोगीहरुले विभिन्न प्रकारका प्रस्नहरुको सामना गरेर एक करोड नेपाली रुपैया जित्न सक्नेछन ।