अन्तर्राष्ट्रिय

कम्बोडियाका प्रधानमन्त्री जापान र इन्डोनेसिया भ्रमणमा

न्होमपेन्ह । कम्बोडियाका प्रधानमन्त्री समडेच टेचो हुन सेन जापान र इन्डोनेसियाको भ्रमणका लागि शनिबार जापानको राजधानी टोकियो प्रस्थान गर्दै छन् ।
कम्बोडियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री हुन सेन शनिबार साँझ जापानको राजधानी टोकियो प्रस्थान गर्न लागेका हुन् ।

उनी जापानमा रहँदा आइतबार त्यहाँ आयोजना हुने दशौँ मेकोङ जापान सम्मेलनमा सहभागी हुनेछन् । साथै उनले त्यहाँ रहँदा उहाँका जापानी समकक्षी जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्धिपक्षीय भेटवार्ता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री हुन सेन यही अक्टोबर १० मा इन्डोनेसिया प्रस्थान गर्नेछन् । उनी इन्डोनेसियाको बालीमा आयोजना हुने एक सम्मेलनमा यही अक्टोबर १२ मा सहभागी हुनेछन् ।

बालीमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको एक सम्मेलन हुन लागेको छ । सो सम्मेलनमा प्रधानमन्त्री हुन सेनसहित एसियाली देशका अरु पनि प्रधानमन्त्रीहरुको सहभागिता रहने छ ।

यस सम्मेलनलाई उच्चस्तरीय एसियाली सम्मेलन नाम दिइएको छ । सो सम्मेलनलगत्तै बालीमा विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि बैठक हुन लागेको छ ।
एसियाली नेताहरु यही अक्टोबर १२ मा आयोजना हुने विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विशेष बैठकको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री हुनसेनसँगै रहेका कम्बोडियाली एकजना मन्त्री सेरी थामारोङले जानकारी दिएका छन् ।

थामारोङलले प्रधानमन्त्री हुन सेन यही अक्टोबर १४ मा स्वदेश फर्किने कार्यक्रम रहेको जानकारी पनि गराएको प्राप्त समाचारमा जनाइएको छ ।