बाग्मती

हनुमन्ते खोलामा नवनिर्मित पुल सञ्चालनमा

काठमाडौँ । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण गरिएको पुल आजदेखि सञ्चालनमा ल्याइएको छ ।

हनुमन्ते खोला पुल उपभोक्ता समितिले मध्यपुरथिमि नगरपालिका–१ घलातेमा रु २९ लाख ३५ हजार लागतमा निर्माण गरेको उक्त पुलका लागि जिल्ला समन्वय समितिबाट रु १३ लाख ६६ हजार ४७७, भक्तपुर नगरपालिकाबाट रु एक लाख ७७ हजार ५६९ र स्थानीय उपभोक्ताबाट सङ्कलित रु ५७ हजार २३३ उपलब्ध गराइएको थियो । उक्त पुलबाट मध्यपुरथिमि नगरपालिका तथा सूर्यविनायकका हजारौँ स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

पुल उद्घाटनका क्रममा पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले हनुमन्ते नदीको सफाइ अभियानसँगै विकासको गतिलाई सँगसँगै जाडेर लगिने बताए । उनले राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा देश विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सांसद बस्नेतले कोटेश्वर–जडीबुुटीको जाम हटाउन हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण प्रक्रिया अघि बढिसकेको पनि बताए ।