समाचार

बाँकेमा डरलाग्दो दुर्घटना: ६ जनाको ज्यान गयो, १७ जनाको उपचार हुदैँ, यस्तो छ पछिल्लो अपडेट !

काठमाडौं । बाँकेमा भयानक दुर्घटना हुदाँ ४ जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा ४ जनाको घटनास्थलमै ज्यान गएको हो भने १७ जना घाईते भएका हुन् ।

रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र लु १ ख ७७२९ नम्बरको यात्रुवाहक बस एकआपसमा ज’ध्दा शनिबार डरलाग्दो दुर्घटना भएको छ । आज बिहान करिब १० बजेतिर भएको द’र्घननामा परि घाईते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

यतिबेला स्थानिय प्रहरी घटनास्थलमा खटिएको छ । दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।