खेलकुद

नेपाल साफ यू-१८ को फाइनलमा

काठमाडौँ । चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा पराजित गर्दै नेपाल भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा कुनै गोल हुन सकेन ।

चाङलिमिथाङ रंगशालामा नेपालका रश्मी कुमारी घिसिङले १५ औं मिनेटमा गोल गरेकी थिइन् । ६२ औं मिनेटमा भारतकी कप्तान समीक्षाले हेडरमार्फत बराबरी गोल फर्काइन् ।

नेपालका लागि गोलरक्षक अन्जना रानामगरले दुई प्रहार बचाइन् । नेपालका लागि पुजा रानाको प्रहार चुक्दा रेखा पौडेल, गोलरक्षक अन्जना र मनिषा राउतले गोल गरेका थिए ।
अर्को सेमिफाइनलमा आजै बंगलादेश र आयोजक राष्ट्र भुटान भिड्दैछन् ।