आर्थिक

सिटिमनी एकस्प्रेशद्वारा मृगौलापीडितलाई २ लाख १७ हजार सहयोग

काठमाण्डौ । इराक स्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोले लगायत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरेको छ ।
संकलनबाट जम्मा भएको रकम रु एक लाख ६६ हजार ५४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अलताइफबाट प्राप्त भै र थप रु ५० हजार सिटीएक्सप्रेस मनी ट्रान्सफर काठमाण्डौंबाट एक मुष्ट गरि कुल रकम रु दुई लाख १६ हजार ५४१ सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर सिताराम कट्टेल (धुर्मुस) को हातबाट दुबै मृगौला प्रत्यारोपणका सहयोगको लागी पिडित फुडोमा तामाङलाई हस्तान्तरण गरेको छ ।